अनलाइन सम्बोधन न्यूज डेक्स ।
नेपाली काँग्रेसका १४ औें महाधिवेशनलाई मिति तय भएसँगै केन्द्रिय स्तर हुँदै जिल्लाभरका वडा तहमा यसको लहर देखिन थालेको छ । काँग्रेस पार्टी बिचार र बिधिभन्दा बाहिर जान थालेको भन्दै कार्यकर्ता पंत्तिमा निराशा छाएको छ । १४ औं माहधिवेशनलाई उम्मेदवारी दिनेहरु पनि विभिन्न पदमा आकंक्षा राख्न थालेका छन् । यसैको सन्र्दभमा पर्वत जिल्लाको खुर्कोटमा जन्मिएका यादुनाथ शर्मा बास्तोलाले पनि कुस्मा नगरसभापतिको जिम्मेवारी लिने इच्छा गरेका छन् । हामीले इच्छुक बास्तोलासँग ‘ तँपाईमा किन नगरसभापति हुने हुटहुटी भयो’भनेर सोधका थियौं ।
–तपाँई यसपटक नगरसभापतिको इच्छामा किन हुनुहुन्छ ?
हर्नुस म बि.स २०४४ साल देखि नेपाँली काँग्रेसको आस्थामा रहेको सिपाइ हुँ । कुनै दिन पल समय म लोभप्रलोभनमा लालच गरिन । किन कि मलाई लोकतान्त्रिक धार र यसको बिचार आफुले ग्रहण गर्दै आम जनसमक्ष फैलाउनु थियो । तसर्थ यसैको हिमायतीमा १८ बर्षदेखि लागेको हुँदा काँग्रेस छोडिन र छोड्ने पनि सक्दिन । हिमालय माविमा नेविसंघको सदस्य भएदेखि नै झन मलाई यसको दायित्वबोध भयो । २०५३ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य हुँदै संगठन बिस्तारमा दिनरात नभनि लागिरहेको छु । मैले यस जिल्लामा काँग्रेस माफर्त टिकट पाएका अर्जुन प्रसाद जोशी,नवराज गुरुङ,इन्दु शर्माको बिजयीलाई झोला बोकिन कि ? कृषकको छोरा भए पनि ऋणधन गरेर पार्टीलाई सहयोग गरेको जगजायर छ । आस्थामा काँग्रेसको अनुसाशित सिपाई भएको छु । मिडियाप्रचार भन्दा धेरै निमुखाजनकोे सेवामा लागे । पछिल्लो समय भाइरलको रहेछ म हुन खोजिन या भनु जानीन तर्सथ म सञ्चारमा उग्रताभावमा दिख्ननसक्नु मेरो कम्जोरी होला भन्ने लाग्छ ।
–नगरसभापतिमा तपाँईलाई मतदाताले पत्याउनेमा बिश्वास छ ?
मलाईपूर्ण विश्वास छ । नगरसभापतिमा पर्वतका जनताले मलाई पत्याउनुहुन्छ । उहाँहरुले म खुर्कोटको वडाध्यक्ष हुँन त साहस दिएर अगाडी बढाउनुभयो भने नेपाली काँग्रेसको संगठन बिस्तार गर्न म नगरसभापति हुनु किन पो रोक्नुहोला र ? उहाँहरुलाई राम्रोसँग थाहा छ । मैले स्वार्थको राजनिती गर्दिन अनि पार्टीलाई हानिहुने काम म बाट हुँदैहुन्न,भरोसा गरेको छु । यसपटक आम काँग्रेसजनको साथ सर्मथन मलाई आउँछ । यो लिखित अन्र्तवाता हो तँपाईले पनि आधार मान्नु मलाई कुस्मा नगरसभापति पाउँनु सच्चा काँग्रेसको साथ पाउँन हो । नगरसभापतिको पदमा रहने मात्र मेरो धारण पनि होइन,कामलाई प्राथमिकता दिन्छु । जनता नै म हो र म नै त जनता हो । अघि नै भने कुनै पनि लोभप्रलोभनमा लालच भएको छैन् र हुन्न पनि ।
–अन्तयमा यहाँको भनाई के छ ?
प्रथमत तपाँईलाई धन्यवाद छ । सबै मिलेर १४ औं माहधिवेशन सभ्य र भव्य रुपमा सफल पारौं । मेरो काँग्रेसजन आमावुवा,दाजुभाई एवंम दिदिवहिनीहरुमा बिनम्रतापूर्वक मलाई कुस्मा नगरपालिका अन्तर्गतको नेपाली काँग्रेसको नगरससभापतिको जिम्मा दिनुहोला । अरुलाई हुर्नुभयो,एकपटक मलाई पनि अवसर दिनुहोस् । मैले तँपाईको इच्छा र चहान अनुसार काम गर्न सकिन भने सोहि समयमा यहाँहरु समक्ष म माफिको पात्र हुन तयार छु । मलाई विश्वास छ पार्टीमा जिल्लादेखि केन्द्रिय तह सम्म पुग्नुभएका ब्यक्तिहरुले मलाई अघि बढाई काँग्रेस र काँग्रेसीजनको भलाई गर्नुहुन्छ । धन्यवाद ।