४ मंसिर, काठमाडौं । नेकपा सचिवालयको बैठक अपरान्ह बस्ने भएको छ।

बिहान  ९ बजेका लागि बैठक बोलाइएको भएपनि नेताहरूको कार्यव्यस्तताको कारण बैठक सारिएको हो।

यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।

मन्त्रिपरिषद हेरफेरको विषयमा यसअघि पनि ओली र प्रचण्डबीच पटक-पटक छलफल भइसकेको छ । अघिल्ला छलफलमा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद हेरफेर प्याकेजमै टुंगो लगाउने सहमति भएको थियो ।