४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेपछि संसदका राज्य व्यवस्था समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । 

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । 

बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो ।