५ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मौजूदा मन्त्रिमण्डल हेरफेर गरेका छन् ।
उनले मन्त्रिपरिषदमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई भित्र्याएका छन् भने एक उप प्रधानमन्त्रीको मन्त्रालय परिवर्तन गरि दिएका छन् ।
प्रधानमन्त्री ओलीले अघिल्लो मन्त्री परिषदमा रहेका चार मन्त्रीलाई हटाएका छन् ।
हटाइएका मन्त्रीहरुमा पूर्ब एमालेका गोकर्ण बिष्ट , लालबाबु पण्डित , थममाया थापा र रघुबीर महासेठ तथा पूर्ब माओबादीका मातृका यादव , चक्रपाणि खनाल र राम कुमारी चौधरी रहेका छन् । हटाइएकामा अन्य दुई राज्य मन्त्री पनि छन् ।
मन्त्रीहरुको शपथ आज बिहीबार दिउँसोको लागि तय गरिएको बुझिएको छ ।










