६ मंसिर, काठमाडौं । बिहिबार ७२ हजारमा काराेबार भइरहेकाे छापावाला सुन शुक्रबार ३ सय घटेर ७१ हजार ७ सयमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै बिहिबार तेजाबी सुन प्रतिताेला ७१ हजार ७ सयमा काराेबार भइरहेकाेमा शुक्रबार ताेलामा ३ सय घटेर ७१ हजार ४ सयमा काराेबार भइरहेकाे छ ।

बिहिबार चाँदीकाे मुल्य प्रतिताेला ८ सय ६० रहेकाे थियाे र शुक्रबार पनि चाँदीकाे मुल्य स्थिर देखिएकाे छ ।