८ मंसिर, पोखरा । पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने भएका छन्।

नेपाल सरकारको गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नेपालमा रहँदै आएका स्मिथलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय गरेको हो।

गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमा उनी कार्यरत थिए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए। उनी पुतली विज्ञका रुपमा समेत परिचित छन्।