९ मंसिर, काठमाडौं । मुलुकभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका मध्य र पूर्वी क्षेत्रमा सामान्य तथा पश्चिमी भूभागमा मौसम आंशिक बदली रहनेछ। साथै पूर्वी तथा मध्य हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको छ।








