९ मंसिर, कास्की । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापति शेरबहादुर देउवाले आशंका मात्र गरेको बताएका छन ।

प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा बोल्दै शर्माले ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’

उनले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न सुझाव दिए ।

उनले सरकारलाइ तीन दिन भित्रै नक्सा सार्वजनिक गर्न चुनौती समेत दिए । “नक्सा छाप्नु ठूलो कुरा नहोला तर नेपालको आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरु के आश गर्नु ?,” उनले प्रश्न गरे ।