९ मंसिर, दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को लोकतन्त्रका मूल्य मान्यतालाई उल्ट्याउँदै लगेको बताएका छन्।

रिपोटर्स क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अहिलेको सरकार सामन्ती राणा सासनको नयाँ संस्करण भएको आरोप लगाए।

पौडेलले भने, ‘राणाको पथमा हिँडेर यिनीहरुले देशलाई त्यस्तै सामन्ती बाटोमा लान खोजिरहेका छन्, एकपछि अर्को गर्दे लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएका छन्।’

द्वन्द्वकालमा ठूलो लडाई लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले अहिलेको सरकारले त्यसलाई उल्टोबाटोतर्फ लैजान खोजेको आरोप लगाए।