१० मंसिर, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका अस्पताल पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका हुन्।

उनी केही परीक्षण गरेर फर्कनेछन्।

पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ ।