१० मंसिर, काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले १३ औं सागले गुमाउने भएका छन् ।

सन्दीपको मंगलबार आँखाको शल्यक्रिया गरिएको थियो ।

सोही कारण उनी खेल्न नसक्ने भएका हुन् । सन्दीपले शल्यक्रियाका कारण दुई साता आराम गर्नुपर्नेछ ।

सन्दीपले यस बारेमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेल पठाएर जानकारी गराइसकेको बताइएको छ ।