१२ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ ।

मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेहरुमा शिवलाल भट्टराई, माया पुरी, बलराम भट्टराई, सन्त बहादुर बस्नेत र सीता बस्नेत बस्नेत छन् ।

यस्तै ओमबहादुर थापा (बसन्त), शैलेस थापा, छबिलाल गैह्रे, राजकुमार महत, मनिका खड्का र नाम नखुलेको ५-६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।