१२ मंसिर, काठमाडौं । नेपालका लागि नेपाली अभियानले पछिल्लो समय विभिन्न घटनाबाट चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाएको प्रमुख अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए।

अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।