१२ मंसिर, काठमाडौं । एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।

बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्। उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग  सामान्य कुराकानी पनि गर्ने गरेका छन्।

बुधबार बिहान प्रधानमन्‍त्री पत्‍नी राधिका शाक्यले ‌ओलीसँग भेटेकी थिइन्। दिनभर राधिका पतिको हेरचाहमा व्यस्त रहिन्।