१२ मंसिर, जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत फूलबारी लीला सम्पन्न भई आज तेस्रो दिन धनुष यज्ञ हुने भएको छ ।
सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत मनाइने पहिलो दिन जानकी नगरदर्शन गर्दै विधिवत रुपमा प्रारम्भ भएको थियो ।
हिजो जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सिताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झनास्वरुप फूलबारी लीला सम्पन्न भएको थियो ।
आज धनुषयज्ञमा रामसीताको धनुषलीला प्रतिकात्मक रुपमा देखाइने छ ।








