१२ मंसिर, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्मको मौसमी अवस्थाबारे जानकारी गराएको छ ।नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहँदा देशभरको मौसममा बदली रहने छ।
महाशाखाका अनुसार देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर १२ गते :बिहिबार
दिउँसो: देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदलि रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।
राति: देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदलि रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।
मंसिर १३ गते : शुक्रबार
दिउँसो: देशको पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू(भागका १र२ स्थानहरुमा हल्का क्षेनिक वर्षाको सम्भावना रहेको छ।
राति: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
मंसिर १४ गते :शनिबार
दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।








