१३ मंसिर, काठमाडौं । रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्टयाएर स्वदेश फर्किएका छन्।
पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भएपनि मन्त्री ज्ञवाली शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् ।








