१३ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बिहीवार अफगानिस्तान पुगेका छन् ।

अमेरिकाको प्रसिद्ध दिन थ्यांक्सगिभिङको अवसरमा वाशिङटनबाट फ्लोरिडा गइरहेका ट्रम्पले अचानक योजना बदले अनि अफगानिस्तान पुगे । 

ट्रम्पले अफगानिस्तान पुगेर अमेरिकी सैनिकहरूसँग भेटघाट गरे । 

सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा गरेको हस्तक्षेपपछि अहिले पनि १३ हजार अमेरिकी सैनिक त्यहीँ बसिरहेका छन् ।

पहिलोपटक अफगानिस्तान पुगेका ट्रम्पले त्यहाँका राष्ट्रपति अशरफ गानीलाई पनि भेटे । 

तालिबानसँगको शान्तिवार्ता सुचारु गर्नका लागि कैदीबन्दी आदानप्रदानपछि ट्रम्पको भ्रमण भएको हो ।