१३ मंसिर, काठमाडौं । सुर्खेतबाट दैलेख जाँदै गरेकाे गाडी दैलेखको गुराँस गाउँपालिकामा दुर्घटना भएकाे छ ।

भे१ज १०२९ नम्बरको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बालबच्चा सहित अन्य १३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ ।