१४ मंसिर, काठमाडौं । नेकपा,कांग्रेस र समाजबादी पार्टीले आफ्नो प्रतिष्ठाको रुपमा लिएको गडीमाई नगरपालिका वडा नं. २ मा ८५ प्रतिशत मत झरेको छ।
१ हजार ८२२ मतदाता रहेको उक्त वाडमा हालसम्म १ हजार ५ सय ४५ मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका छन्।
त्यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पकड क्षेत्र मानिने रोल्पाको थबाङ गाउँपालिकाको वडा नम्बर १ मा उपचुनाव भैरहेको छ । दिउँसो २ बजेसम्म थबाङ–१ मा २ सय मत खसेको छ । वडा नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेका छन् ।
थबाङमा दुई वटा मतदान केन्द्र तोकिएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलमबहादुर रोका प्रतिस्पर्धामा छन् ।








