१४ मंसिर, काठमाडौं । उपनिर्वाचनकाे क्रममा कास्कीमा ४ स्थानमा बम विष्फाेट भएकाे छ । पोखरा महानगरपालिका नयाँबजार, बाघमारा र अर्मला र बाटुलेचाैरमा बम विस्फोट भएको छ ।

बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । बम विस्फोट हुँदा केही बेर रोकिएको मतदान कार्य पुन: सुरु भएको थियाे । विस्फोटपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । 

पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात माविमा मतदान भैरहेका बेला बम विस्फोट भएको हो ।

पोखरा महानगरपालिका ३३ को सरस्वती टीका मावि जिकै पनि बिहान बम विस्फोट भएको थियो । त्यसैगरी बिहान वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्रनजिकै बम विस्फोट भएको थियो । बाटुलेचाैरकाे चण्डिका प्रावि मतदान केन्द्रनजिकै बम विस्फाेट भएकाे हाे ।