१४ मंसिर, काठमाडौं । गुल्मीको रुरुक्षेत्र वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि भएको निर्वाचनमा कुल एक हजार ५४४ मत खसेको छ।
सो वडामा कुल दुई हजार ४८ मतदाता रहेका थिए।
त्यस्तै पाँचथरमा ६६ दशमलव ४ प्रतिशत मतदान भएको छ।
फिदिम–१ को वडाध्यक्ष पदमा २ हजार ५ सय ८२ जनाले मतदान गरेका छन्।
यहाँ ३६ सय७६ मतदाता रहेका छन्। यस्तै हिलिहाङ–७ मा १हजार ६ सय ९३ मत खसेको छ। यहाँ २६ सय मतदाता रहेका थिए।








