१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् ।

सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो ।

भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ ।