१५ मंसिर, काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिका–१ वडाध्यक्षमा नेकपाका उम्मेदवार जीतेन्द्र राई विजयी भएका छन्।
राईले नेपाली कांग्रेसका उम्मेदवार शम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका हुन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।








