१५ मंसिर, काठमाडौं । शनिबार भएको उपनिर्वाचनमा चितवनका तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो ।
यसअघि जित हासिल गरेको वडामा समेत नेकपाले पराजय भोग्न परेको छ ।
भरतपुर महानगरपालिका–१६ काँग्रेससँग नेकपा उम्मेद्वार ३०८ मतको अन्तरले पराजित भएका छन् । ३ हजार १८३ मत प्राप्त गर्दै काँग्रेसका उम्मेद्वार अमृतराज हमाल वडा नम्बर १६ को वडाअध्यक्षमा विजयी भएका हुन् ।
यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका–४ मा पनि नेपाली काँग्रेसका उम्मेद्वार नै विजयी भएका छन् । काँग्रेस उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले हराएका छन् ।
खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी भएकी छन् । कार्की नेकपा उम्मेद्वारलाई ८६ मतान्तरले फरक पार्दै वडाअध्यक्षमा विजयी भएकी हुन् ।
कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिका– ४ र ५ वडाका अडाध्यक्षहरुको सवारी दुर्घटनामा निधनपछि पनि काँग्रैसकै उम्मेद्वारहरु विजयी भएका हुन् ।








