१५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा आइतबार दिउँसोसम्म नेकपा उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् । अहिलेसम्म विद्याले  हजार २९ मतका साथ विद्याको अग्रता छ ।

११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।