१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन मंगलबार विभिन्न खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने क्रिकेटको पहिलो खेलमै घरेलु टोली नेपालले श्रीलंका यू–२३ सँग प्रतिस्पर्धा गर्दैछ । पुरूष क्रिकेटमा भारत र पाकिस्तान सहभागी छैनन् भने ५ टिमले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ११ बजे सुरु हुनेछ ।
त्यस्तै, पुरूष फुटबलतर्फ त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे हुनेछ ।








