१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा नेपालले सुखद सुरुवात गरेको छ।
नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्। जारी सागमा नेपालको यो १६औं स्वर्ण हो।
यस्तै सुस्मिता तामाङले ९.४४ अंकका साथ स्वर्ण जितेकी हुन् । श्रीलंकन खेलाडीले रजत र बंगलादेशका खेलाडीले काश्य जितेका छन् ।
सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेके थिइनन् ।








