१७ मंसिर, काठमाडाैं ।  १३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराएको छ ।

खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा मात्र भयो ।

खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका हुन् ।

चौथो गोल भने मिक्चेन तामाङकोे नाममा रहृयो । उनले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।