१४ मंसिरमा भएको उपनिर्वाचन र समसामयिक राजनीतिका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २६ मंसिरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो१ बजे बस्ने निश्चित एजेण्डामा नभई खुल्ला रुपमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘चुनावको समीक्षा, सांगठनिक संरचना, समसामयिक राजनीति लगायत विषयमा बैठकमा खुल्ला छलफल हुन्छ,’ प्रवक्ता शर्माले भने।
बैठकमा तेस्रो जागरण अभियान, भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयन, म्याद गुज्रेका भ्रातृ संस्थाको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ।