१९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ ।
यस्तै धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरोको लागेको माैसम विभागले जानकारी दिएकाे छ ।
आगामि २४ घण्टाको आंकलन यस्ताे छ
पश्चिम तराईः बिहानी पख थोरै स्थानहरुमा हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
मध्य तराईः बिहानी पख हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
पूर्व तराईः बिहानी पख पातलो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ। आगामी २४ घण्टा सम्म शित लहरको संभावना छैन।








