१९ मंसिर, काठमाडौं । पाल्पामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका ५ चौविसमाइलमा लु १ ज ४२०९ नम्बरको जिप सडकबाट दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुईजनाको शव फेला परेको भए पनि मृतकको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।








