२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् ।

१४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए ।

नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जिते ।