२० मंसिर, काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ ।

उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनतम तापक्रम घट्दा चिसो बढेको विभागले जनाएको छ। अहिले देशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली रहेको मौसमविदले जानकारी दिएका छन ।

आगामि २४ घण्टाको आंकलन यस्ताे छ

पश्चिम तराईः बिहानी पख थोरै स्थानहरुमा हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।

मध्य तराईः बिहानी पख हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।

पूर्व तराईःबिहानी पख पातलो हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।