२० मंसिर, दोलखा । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय तानिएको छ ।

मुद्दा छिन्ने क्रममा सिडिओ रिजालले पटक–पटक घुस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए । 

दुई भिन्न मुद्दाका तीन अभियुक्तसँग रिजालले बुधबार एक लाख ११ हजार रुपैयाँ  ‘घुस’ लिएकाे र उनले एक लाख रूपैयाँ मागेर दश हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका पिडितहरूले बताएपछि रिजालले घटना बाहिरिएपछि बिहीबार रकम फिर्ता गरेका थिए।