२० मंसिर, विराटनगर । आफ्नै अनुयायी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आफूलाई सिद्धबाबा बताउँदै आएका कृष्णबहादुर गिरीलाई थप अनुसन्धानका लागि अस्पतालबाट अदालत लगिएको छ ।
सुनसरी जिल्ला अदालतले अनुसन्धानका लागि दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत सुनसरीमा उपस्थित गराउन लागेको हो ।








