२० मंसिर, काठमाडौं ।  १३औं  दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

खेल १ बजेबाट शुरु हुँदैछ । नेपाल यसअघि श्रीलंकासँग पराजित भएको छ भने भुटान विरुद्ध कीर्तिमानी जित निकालेको छ ।

दुई खेलबाट दुई अंक जोडेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

तीन खेलबाट श्रीलंका अपराजित ६ अंकसहित शीर्ष स्थानमा छ भने बांग्लादेश पनि दुई खेलबाट अपराजित चार अंक सहित दोस्रो स्थानमा छ ।

भुटान र माल्दिभ्सले भने अहिलेसम्म अंक जोड्न सकेको छैन ।