२० मंसिर, काठमाडौं ।  आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउने एक जनालाइ धनुषा प्रहरीले पक्राउ गरेकाे छ ।

पैसा उठाउदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका छन ।

जनकपुर उपमहानगरपालिका-२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरीले ज.२ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।