२२ मंसिर, एजेन्सी ।  भारतकाे दिल्लीमा रानीझन्डीस्थित खाध्यान्न मण्डिमा भएको आगलागीमा परेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

दिल्ली प्रहरीले कारखानामा भएको सो आगलागीपछि फसेका ५० जनाको उद्दार गरिएको जनाएको छ । घाइतेहरुलाई लोकनायक अस्पतालमा भर्ना गरिएको छ ।

आगो नियन्त्रणका लागि २५ वटा दमकल प्रयोग गरिएको स्थानीय प्रशासनले जनाएको छ ।]

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।