२२ मंसिर, काठमाडौं । लमजुङमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएकाे छ । चार जना घाइते भएका छन ।

लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नंम्बरको यात्रुवहाक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।