२२ मंसिर, काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुनको मुल्य आज आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार  सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज आइतबार तेजावी सुन प्रति ताेला ७० हजार ९ सयमा काराेबार भइरहेकाे छ ।

यस्तै चाँदी आज आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।