२२ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) अन्तर्गत आइतबार १५ वटा खेल हुँदैछन् ।
जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।
अपरान्ह साढे ५ बजे दशरथ रंगशालामा काठमाडौंमा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा भिड्नेछन ।
पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदानमा भिड्दै छन् । ललितपुरमा पौडी, स्क्वास, जुडो लगाएतका खेल हुँदैछन् ।
प्रतियोगितामा आइतबारदेखि जुडोका खेल थपिएको हो । नेपालले जुडोमा स्वर्ण पदकको अपेक्षा गरेको छ । प्रतियोगिता लखनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने छ ।








