२२ मंसिर, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् ।
शनिबार बेलुकी चेपाङमार्गबाट चौकीडाँडाका लागि छुटेको ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा श्यामप्रसाद तिवारी, विश्वमणी भण्डारी, मीना खड्का र ३२ वर्षीया माया तामाङको परिचय खुलेको छ भने एक जनाकाे परिचय खुल्न बाँकी रहेकाे चितवन प्रहरीले जनाएको छ ।








