२२ मंसिर, बाँके। बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

आज विहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड नजिकको हाइस्कुल चोकमा दुर्घटना भएको हो ।

दुर्घटनापछि स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए।

अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो। आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि ढुंगामुढा गरेको छ। भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास हानेको छ।