२२ मंसिर, पाेखरा । संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालले यही मंसिर २२ गते १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी प्रतियोगिताको सुरक्षा व्यवस्था तथा प्रहरी परिचालनको विषयमा जानकारी लिएका छन ।

राष्ट्रको प्रतिष्ठासंग प्रत्यक्ष जोडिएको १३ औं सागको सुरक्षा व्यवस्था बारे जानकारी लिई त्रुटिरहित ढंगले प्रहरी परिचालन गर्न निर्देशन दिएका छन ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले खेल प्रतियोगिता, खेलाडी, प्रशिक्षक, दर्शक, सवारी आवगमन लगायतका विषय समेटिएको साग सुरक्षा रणनीतिबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रष्ट पारेका थिए ।

सोही क्रममा प्रहरी महानिरीक्षक खनालले पोखरा रंगशालामा गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवि पुन मगरको अध्यक्षतामा सम्पन्न १३ औं साग सुरक्षा विशेष अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भएका छन ।