२२ मंसिर, काठमाडौं । प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्ज यामकुमार गिरीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई गएराति तिनकुनेबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा विष्फोट गराएको कसुरमा पक्राउ गरिएको हो ।