२३ मंसिर, काठमाडौं । आज साेमबार सुनचाँदीको भाउ घटेको छ ।

सुनको मुल्य आज साेमबार तोलामा २ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे आइतबार सुनको मुल्य तोलाकाे ७१ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे थियाे ।

त्यस्तै तेजावी सुन पनि ताेलामा २ सय घटेकाे छ । आज साेमबार तेजावी सुन प्रति ताेला ७० हजार ७ सयमा काराेबार भइरहेकाे छ । हिजाे तेजावी सुन ताेलाकाे ७० हजार ९ सय थियाे ।

यस्तै चाँदी आज साेमबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजाे आइतबार चाँदी तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको थियाे ।