२३ मंसर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले नेकपाको दुई तिहाइको सरकार असफल भइसकेको बताएका छन् ।

वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको भन्दै उनले जनतालाई ठूला–ठूला सपना बाँडेर झुट्टा आश्वासन दिनमा केन्द्रित बनेको आरोप लगाए ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा गरे ।

नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ भन्दै उनले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिए । महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली काँग्रेसले सहमतिको बाटो पहिल्याएको बताउँदै संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली काँग्रेसले सहमतिको बाटो पहिल्याएको बताउँदै संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले आफू धर्म निरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्दै सरकारले दुई तिहाइ बहुमतको जस्तो कार्य गर्न नसकेको टिप्पणी गरे ।