२३ मंसिर, काठमाडौं ।  नेपाली बास्केटबलले दक्षिण एसियाली खेलकुद साग पहिलो पटक रजत पदक जितेको छ ।

जारी १३ औं सागको थ्री अन थ्री बास्केबलमा सोमबार भारतसँग पराजित भएको नेपालले रजत पदक प्राप्त गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभगं हलमा भएको फाइनलमा नेपालले भारतसँग २०–१५ ले पराजित भएको हो ।

सेमिफाइनलमा श्रीलंकालाई २१–९ ले हराउँदै नेपाली टोली फाइनल पुगेको थियो ।