२३ मंसिर,  काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि प्रहरीबाट निर्मम र अमानवीय कार्य भएको भन्दै घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।

अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले सोमबार विज्ञप्ति जारी गरी त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको बताएका छन् ।

घटनालाई संयमीत बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै सो अनेरास्ववियुले दोषीलाई कारबाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ ।